काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीको २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरूले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवादज्ञापन गरेका छन् ।