काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १८ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार १६ दशमलव २७ अंकले उकालो लागेर दुई हजार ४५ दशमलव ६९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले उकालो लागेर तीन सय ९१ दशमलव ५३ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३७ हजार नौं सय ७२ पटकको कारोबारमा ५७ लाख १३ हजार दुई सय ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कुल सेयर कारोबार रकम दुई अर्ब २९ करोड ९३ लाख १६ हजार तीन सय २६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुकोे सुचक उकालो लाग्दा सेयर बजारमा पुरै हरियाली देखिएको छ ।