काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ११ करोड ७६ लाख सात हजार तीन सय रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीका अनुसार यही साउन नौ गतेबाट बिक्री प्रबन्धक बीओके क्यापिटलमार्फत एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
कम्पनीका अनुसार यसहरी बिक्री गरिने कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् ५८ हजार आठ सय तीन कित्ता सामूहिक लगानी कोषको लागि दुई प्रतिशत अर्थात् २३ हजार पाँच सय ५१ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि र बाँकी १० लाख ९३ हजार सात सय ४९ कित्ता सेयर सर्वसाधारणको बिक्री हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् । साधारण सेयरको बिक्री कार्य छिटोमा यही साउन १२ गते र ढिलोमा साउन २३ गते बन्द हुनेछ ।