काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १३ करोड ५२ लाख दुई हजार ७१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवमा भने संस्थाको यस्तो नाफा नौ करोड १० लाख ७५ हजार २७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार सात सय ४१ रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षमा पाँच अर्ब ४४ करोड ९८ लाख ५० हजार तीन सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ८२ लाख ३३ हजार आठ सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब ४९ करोड ४४ लाख ८० हजार ७४ रुपैयाँ कर्जा प्रवाह गर्दा १६ करोड २७ लाख ६८ हजार ७४ रुपैयाँ खुद ब्याज आम्दानी गर्दा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।