काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा सहभागी हुन नसक्ने सरकारको निर्णय अमेरिकालाई पत्राचार नभएका सम्बन्धमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा एसपीपीका बारेमा भएको निर्णय कार्यान्वयनबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । बैठकमा सांसद भीम रावलले नेपालले एसपीपी सम्झौता नगर्ने भनी गरेको सरकारको निर्णय तत्काल अमेरिकालाई जानकारी गराउन माग गरेका थिए । उनले एसपीपी सरकारले नै लागू नगर्ने निर्णय गरिसकेको भन्दै परराष्ट्र मन्त्रालयले अझै पत्र नलेख्नुका कारण माग गरेका थिए ।