अमेरिका । कोभिड–१९ संक्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् ।
शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्समार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए । उनलाई खानमा पनि अरूचि छैन । प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरूलाई दिँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए । कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उनले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिएका थिए ।