काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङ अर्थात सेयर धितो कर्जामा एकल कर्जा ग्राहक सिमा १२ करोड रुपैंयाँ कायम गरेसंगै यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । सो अनुसार मौद्रिक नीति घोषणा पछिको पहिलो दिन अर्थात आज आईतबार सेयर बजार परिसुचक (नेप्से) संगै कारोबार रकम पनि उकालो लागेको छ । जसअनुसार बजार परिसुचक ६१ दशमलव पाँच अंकले उकालो लागेर दुई हजार ७८ दशमलव ५१ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव नौ अंकले उकालो लागेर तीन सय ९८ दशमलव ३३ बिन्दुमा चढेको छ ।
यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४२ हजार नौं सय ३० पटकको कारोबारमा ६४ लाख २३ हजार एक सय ४६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सो अनुुरुपा यसदिन कुल सेयर कारोबार रकम दुई अर्ब ७३ करोड नौं लाख २७ हजार दुई सय ९७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो भएको छ ।