काठमाडौं, फागुन ११
एसएस इभेन्टस प्रालिद्वारा टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदूतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवास्तव भए र उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे ।
उक्त प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत खेल मैदानमा नै पुगेका थिए । बैंकले देशका विभिन्न भागहरुमा एक सय २० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकल एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।