काठमाडौं, फागुन १२
नेपाल राष्ट्र बैंकले आज सोमबार दुुई अर्ब २३ करोड ३२ लाख रुपैयाँ रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति फागुुन १३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुुने मिति २०७७ जेठ १३ गते तोकिएको छ । यसअघि यही फागुुन ५ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको दुुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
यसैबीच राष्ट्र बैंकले एक सय रुपैयाँ दरका सुरक्षण विशेषताहरु सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुुसार नयाँ एक सय दरका नयाँ नोटलाई उज्यालो प्रकाशमा राखेर हेर्दा लालीगुराँसको पानीछाप स्पष्ट देखिने, नोटलाई उज्यालो प्रकाशमा राखेर हेर्दा स्पष्टरुपमा देखिने एनआरबी लेखिएको, रंग परिवर्तन हुुने धागो, दृष्टिविहीनहरुले पनि सजिलैसँग पहिचान गर्न सकिने विशेषताहरु रहेका छन् ।