अमेरिका । पश्चिमा देशले कडा प्रतिबन्ध लगाए पनि रुसको अर्थतन्त्र निकै राम्रो रहेको अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । युक्रेनमाथिको आक्रमणपछि युरोप र अमेरिकाले कडा आर्थिक प्रतिबन्ध लगाएका थिए । तर त्यसको खासै प्रभाव रुसी अर्थतन्त्रमा नपरेको कोषले जनाएको हो ।
कोषले मंगलबार जनाएअनुसार सोचेभन्दा राम्रो प्रस्तुति दिइरहेको जनाएको छ । खासगरी रुसले बढ्दो ऊर्जाजन्य मूल्यबाट फाइदा लिइरहेको छ । प्रतिबन्ध रुसलाई अप्ठ्यारो बनाउन लगाइएको थियो । उसलाई विश्व वित्तीय प्रणालीबाट अलग्याइएको थियो । यसबाट रुसलाई युद्ध गर्न वित्तीय जटिलता हुने पश्चिमा देशहरुको अनुमान थियो । तर त्यस्तो प्रभावकारी नभएको कोषको भनाइ छ ।
कोषको पछिल्लो विश्व आर्थिक परिदृश्य प्रतिवेदनले रुसको यो वर्ष जीडीपी वृद्धिदर साढे दुई प्रतिशत रहने अनुमान गरेको हो । यद्यपि रुसी अर्थतन्त्र छ प्रतिशतले संकुचन आउने अनुमान पनि छ । मुख्य अर्थतन्त्रहरु अमेरिका र चीनमा सुस्तता आइरहेको छ । रुसको अर्थतन्त्र दोस्रो त्रैमासिकमा संकुचित हुने अनुमान गरिएको छ । खासगरी कच्चा तेल र गैरऊर्जा निर्यात सोचेभन्दा राम्रो रहेको कोषले बताएको छ ।