काठमाडौं । नेपाल वायुसेवा निगमले भाडामा जहाजहरु थप्न आफ्ना भएका जहाजहरु ग्राउन्डेड (भूमिस्थ) गर्नथालेको छ । आन्तरिक झगडाका कारण निगम व्यवस्थापनले सिचेकको लागि गएको जहाजको समेत समय थप गराएर बसेको छ ।
सिचेकको लागि विदेश लगिएका जहाज उतै राख्ने र सञ्चालनमा रहेको न्यारोबडी जहाजलाई ग्राउन्डेड गराएर निगम व्यवस्थापनले भाडाका जहाज थप्ने प्रपञ्च रच्न थालेको स्रोतले दाबी गरेको छ । निगमसंग रहेको चारवटा जहाजमध्ये अहिले एउटा जहाज सिचेकको लागि विदेशमा रहेको छ भने अर्को न्यारोबडी जहाजसमेत ग्राउन्डेड गरिएको छ ।
स्रोतका अनुसार निगम उच्च व्यवस्थापनले आर्थिक चलखेल गर्नकै लागि सञ्चालनमा रहेको जहाजलाई ग्राउन्डेड गरेर पुनः अर्को भाडाको जहाज ल्याउन खोजेको हो । भाडामा ल्याएर उडाउदा कमिसन पाउने चक्करमा फेरि निगमका जहाज थोत्रो बनाउने षड्यन्त्र भइरहेको स्रोतले बतायो ।
जहाज सिचेकको लागि पठाएपछि भाडामा एउटा जहाज ल्याएर सञ्चालन गरिरहेको निगमले आर्थिक चलखेल गर्नकै लागि सञ्चालनमा रहेको न्यारोबडी जहाज समेत ग्राउन्डेड गरेर पुनः अर्को जहाज भाडामा ल्याउन खोजिएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार आर्थिक चलखेल गर्नकै लागि नाजुक आर्थिक अवस्थामा गुर्जेको निगमले केही समयअघि निगमले अर्बौँ कमायो भनेर समेत प्रचारबाजी गरेको थियो । स्रोतका अनुसार निगमले अर्बौँ कमाएको समाचारमा सबै भुल्ने र आफूहरु भाडाका जहाजबाट कमिसन लिने षड्यन्त्र निगममा भइरहेको छ ।