काठमाडौँ । संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल भ्रमणमा आएका छन् । यसअघि पनि गत मंसिरमा नेपालको भ्रमण गरिसकेका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
साथै उनले दुई देशको आर्थिक विकासप्रतिको प्रतिबद्धता, लोकतन्त्र तथा मानवाधिकारका विषयमा पनि कुराकानी गर्ने राससले आफ्नो समाचारमा उल्लेख गरेको छ । दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञका रुपमा विविध विषयमा छलफलका लागि यस क्षेत्रको भ्रमण गरेका हुन् । खासगरी अमेरिकाले अघि सारेको अमेरिकी स्टेट पार्टरसिप प्रोग्राम (एसपीपी) मा नेपालले हस्ताक्षर गर्नुपर्ने अमेरिकी अडान छ । सोही कारण अमेरिकाले दबाब दिन नेपालमा विभिन्न अधिकारीको भ्रमण गराइरहेको छ ।