काठमाडौं । अख्तियार दुरूपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इन्जिनियर नवन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्यरत इन्जिनियर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेस गर्दा घुस मागेको पाइएको हो ।
आयोगका अनुसार सुरुमा ५० हजार रूपैयाँबराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप तीन लाख ५६ हजार पाँच सय रूपैयाँबराबरको घुस लिएको खुलेको छ । आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।