काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले एक अर्ब छ करोड तीन लाख ८६ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार चार सय रुपैयाँमध्येबाट १ः१.४५ को अनुपातमा एक सय रुपैयाँ अंकित मूूल्य कायम रहने एक करोड छ लाख तीन हजार नौ सय ८६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य यही साउन १८ गते खुला भई भदौ सात गते बन्द हुनेछ । अधिकृत पुँजी दुई अर्ब ५० करोड, जारी पुँजी दुई अर्ब १२ करोड ९७ लाख एक हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।