काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)ले आफ्नो बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई कोरियन भाषा सिकाइ संस्था थेयाङ हान्गुल इन्स्टिच्युटमा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ । यो छुट सम्झौतापश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारीपत्रअनुरूप रोजगार अनुपति प्रणाली (ईपीएस) अन्तर्गत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुक ग्राहकहरूले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल इन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गरेकोमा २५ प्रतिशत छुट पाउन सक्नेछन् ।
नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीचको समझदारीअनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत वार्षिक नौ हजारभन्दा बढी नेपाली नागरिकहरू कोरियन भाषा उत्तीर्ण गरी कामदारका रूपमा गणतन्त्र कोरिया गइरहेका छन् । थेयाङ हान्गुल इन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढी गणतन्त्र कोरिया जान इच्छुकहरूलाई दक्ष तथा कोरियन भाषा विज्ञहरूबाट कक्षा सञ्चालन गर्दै आइरहेको छ । बैंकले हालसम्म एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।