काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालि, बुटवलबीच नगदरहित सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिको तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात् जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रा.लिबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् ।