काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आइरहेको छ । सोही योजनाअनुसार बैंकले विश्व हिन्दु महासंघ जिल्ला शाखा, स्याङ्जाले प्रकाशन गर्ने ‘वैदिक सभ्यता’ नामक पुस्तकको प्रकाशनका लागि एक कार्यक्रमका बीच आर्थिक सहयोग रकम ५० हजार रुपैयााँको चेक हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट उपक्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अन्य आधिकारिक सदस्यहरू, वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी र विश्व हिन्दु महासंघ जिल्ला शाखा, स्याङ्जाका अध्यक्ष, उपाध्यक्षलगायत सम्पूर्ण कार्यसमितिहरू र अन्य सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । यस सहयोगबाट संस्थाले धर्म तथा संस्कृति संरक्षणका लागि गर्ने कार्यमा सहयोग पुग्ने बैंकको धारणा छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।