काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार एक सय ४० दशमलव ३९ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय नौ दशमलव ५३ विन्दुमा सीमित भएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख २५ हजार तीन सय ८५ पटकको कारोबारमा चार करोड ९६ लाख ८२ हजार तीन सय १९ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब ८७ करोड २२ लाख ५२ हजार सात सय ९७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै ११ अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय २५ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार एक लाख ६६ हजार सात सय ५५ पटकको कारोबारमा दुई करोड ३२ लाख ६४ हजार एक सय ५५ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ५५ करोड ४६ लाख ८० हजार नौ सय ९६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष छ कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो, पाँचौ र छैटौँ दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने तेस्रो कार्य दिन ओरालो लागेको थियो ।
पहिलो कारोबार दिन बजार परिसूचक ६१ दशमलव पाँच अंकले उकालो लागेर दुई हजार ७८ दशमलव ५१ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव नौ अंकले उकालो लागेर तीन सय ९८ दशमलव ३३ विन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसूचक ५४ दशमलव ४५ अंकले उकालो लागेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव पाँच अंंकले उकालो लागेर चार सय सात दशमलव ३८ विन्दुमा चढेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक ४४ दशमलव आठ अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव १६ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ९९ अंंकले ओरालो लागेर तीन सय ९८ दशमलव ३९ विन्दुमा झरेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक पुनः २३ दशमलव ८३ अंकले उकालो लागेर दुई हजार एक सय ११ दशमलव ९९ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५३ विन्दुले उकालो लागेर चार सय दुई दशमलव ९२ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक १५ दशमलव ४९ अंकले उकालो लागेर दुई हजार एक सय २७ दशमलव ४७ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव सात विन्दुले उकालो लागेर चार सय पाँच दशमलव ६२ विन्दुमा चढेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक १२ दशमलव ९२ अंकले उकालो लागेर दुई हजार एक सय ४० दशमलव ३९ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ उकालो लागेर चार सय नौ दशमलव ५३ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।