लन्डन । बेलायतका राजकुमार चाल्र्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्बजनिक भएपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन् ।
‘जीवन परिवर्तन गर्न र दिगो समुदाय निर्माणका लागि’ प्रिन्स अफ वेल्सको परोपकारी कोषको स्थापना सन् १९७९ मा गरिएको थियो र यसले बेलायत र विश्वभरका विभिन्न परियोजनाहरूलाई अनुदान दिन्छ । ‘द सन्डे टाइम्स’ले भनेको छ, ‘‘प्रिन्स अफ वेल्स’को परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो । यी दुवै सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका पूर्व अल–काइदा नेता लादेनका सौतेनी भाइहरू हुन् ।’
उक्त पत्रिकामा भनिएको छ, ‘संस्थाका सल्लाहकारले राजगद्दीका उत्तराधिकारीलाई उक्त अनुदान नलिन आग्रह गरेका थिए ।’ चाल्र्सको क्लारेन्स हाउस अफिसले अनुदान लिइएको पुष्टि गरेको छ । उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमारले नभई परोपकारी संस्जिम्मेवार अधिकारीहरूले लिएको र ‘यो अनुदान स्वीकार गर्न विस्तृत तथा आवश्यक सावधानी अपनाइएको थियो’ उक्त पत्रिकाले बताएको छ ।