काठमाडौं । ‘आईएमई पे’ले मोबाइल रिचार्जमा नयाँ अफर अद्यावधिक गरेको छ । कम्पनीले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । मोबाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको कम्पनीले जनाएको छ ।
आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा पाँच प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आईएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा दुई प्रतिशत क्यासब्याक पनि पाउनेछन् ।
यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने जानकारी दिएको छ । सोको निम्ति सेवाग्राहीले महिनाभर कम्तीमा ५० रुपैयाँको १० टप–अप गर्नुपर्ने नियम तथा शर्त कम्पनीले राखेको छ ।