काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता सम्पन्न भएको छ । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसेर उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर लगत्तै दुवै बैंकले आवश्यक प्रक्रिया सुरु गरेको र छिटै नै प्राप्तिसम्बन्धी प्रक्रिया टुंगोमा पु-याई एकीकृत कारोबार सञ्चालन गर्ने तयारी बैंकले गरेका छन् ।