काठमाडौं, फागुन १२
युनाइटेड फाइनान्स लिमिटेडको २५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरूका साथ भव्यतापूर्वक मनाइएको छ । काठमाडौँमा रहेका सबै कर्मचारीहरूको सहभागितामा प्रभातफेरीबाट सुरु भएको कार्यक्रम काठमाडौँलगायत संस्थाका २३ वटै शाखा कार्यालयहरूबाट रक्तदान, खाद्यान्न तथा स्टेशनरी वितरण, ट्राफिक पोष्ट निर्माणलगायतका विभिन्न सामाजिक कार्यहरू सञ्चालन गर्दै मनाइएको फाइनान्सले जानकारी दिएको छ ।
सोही अवसरमा फाइनान्सले सिल्भर जुबिली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । एक घर एक खाताको अभियानलाई निरनतरता दिँदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर–घरमा एक खाता खोल्ने अभियानसमेत सञ्चालनमा आएको छ । नेपालकै प्रतिष्ठित घरानाहरूबाट प्रवद्र्धित पुरानोमध्येको यो फाइनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारकारूपमा भित्रिएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।