काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समिति, नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र का.म.न.पा. ४ को लागि २५ थान कुर्सी हस्तान्तरण गरेको छ ।
नवटोल सुधार समितिले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो ।
बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।
बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, नौवटा एक्सटेन्सन काउन्टर, एक सय ६७ शाखारहित बैंकिङ सेवा, दुई सय सातवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।