काठमाडौं । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सरका बिरामीहरूको निःशुल्करूपमा उपचार गरिरहेको र सोही क्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख ५० हजार नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा अस्पतालबाट आर्थिकरूपले विपन्न नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई क्यान्सरजस्तो घातक रोग लाग्दा निःशुल्करूपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका सेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।