काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा ७० करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ११ अर्ब ९९ करोड पाँच लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब २१ करोड ३३ लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ६६ करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३३ करोड १७ लाख ९८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले १० अर्ब ६२ करोड ३० लाख तीन हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ३३ करोड १९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ४५ करोड १३ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २९ करोड १० लाख ४९ हजरा रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३८ प्रतिशत रहेको थियो ।