काठमाडौं । एक जना वकिलको हवाला दिएर संवैधानिक पदमा लिलाम बढाबढ भनी छापिएको समाचारमा केही सातापछि एक जना पूर्वन्यायाधीशले आगोमा घ्यू थप्ने गरी लेख लेखेर जबर्जस्ती प्रचारलाई अघि बढाएका छन् । जो वकिलको हवाला दिएर त्यो समाचार बनाइएको छ, त्यो नामका आधा दर्जनभन्दा बढी वकिल छन् ।
त्यही समाचारमा पूर्वसभामुख दमननाथ ढुंगाना, सांसद लक्ष्मणलाल कर्ण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र संविधानसभाका पूर्वअध्यक्ष सुवास चन्द्र नेम्वाङका भनाइसहितका तस्बिर छापिएका छन् । तर त्यो वकिलको तस्बिर छापिएको छैन र विषय उठानलाई थप रहस्यमय बनाइएको छ । त्यही विषयमा स्याल हुइयाँ गरेर गोयवल्स शैलीमा पूर्वन्यायाधीशले लेख लेखेर प्रचार गर्नुले घटनालाई थप रहस्यमय बनाएको छ ।
प्रश्न उठेको छ कि, त्यो वकिल को हो ? त्यति ठूलो कुरा उठाउने वकिलको चाहिँ किन तस्बिर आएन ? कुन अमुक शक्तिको पक्षपोषण गर्न यसरी प्रायोजन भएको हो ? बुझिनसक्नुको विषय भएको छ ।