धनगढी। धनगढी उपमहानगरपालिका–१९ फूलबारीस्थित नवनिर्मित बसपार्क सञ्चालनमा आउने भएको छ । उद्घाटन भई हालसम्म सञ्चालनमा आउन नसकेको उक्त नवनिर्मित बसपार्क भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको हो । उपमहानगर पालिकामा आइतबार बसेको सरोकारवालासँगको बैठकमा भदौदेखि उक्त बसपार्क सञ्चालन गर्ने निर्णय भएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । भदौदेखि फूलबारी हुँदै पूर्व जाने र फूलबारी हुँदै धनगढी आउने सबै बस वडा नं १९ मा रहेको बसपार्कभित्र भएर मात्रै सञ्चालन हुने जनाइएको छ । भदौदेखि माघ मसान्तसम्म छ महिना बसपार्क निःशुल्क सञ्चालन हुनेछ ।