काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २७ बिन्दुले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने ५५ दशमलव ८८ अंकले उकालो लागेर दुई हजार ६५ दशमलव ८९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २३ अंकले उकालो लागेर तीन सय ९८ दशमलव १३ बिन्धुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १५ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४२ हजार आठ सय ९७ पटकको कारोबारमा ६० लाख २६ हजार एक सय ९२ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार छ सय १२ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा यसदिन कारोबार भएका कुल उपसमुहहरु मध्ये आज १३ वटै उपसमुहरुको सुचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।