काठमाडौं । युनिट नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा नौ करोड एक लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा सात करोड ६७ लाख १४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ११ करोड छ लाख ३२ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा दुई अर्ब ४० करोड ३२ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९५ करोड ८५ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ७८ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड एक लाख ९२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब सात करोड छ ६० लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८० करोड तीन लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड २३ लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ९९ लाख ४३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव ४५ प्रतिशत रहेको थियो ।