काठमाडौं । सेयरबजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २४ दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार ४१ दशमलव छ बिन्दुमा झरेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले ओरालो लागेर तीन सय ९४ दशमलव ३९ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् ।
जसबाट ४३ हजार तीन सय ९२ पटकको कारोबारमा ६४ लाख छ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज करोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।