काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही साउन ३१ गते मंगलबार प्रभु क्यापिटल तथा एक्सप्रेस इट्सका बीचमा उक्त सम्झौता भएको हो । यो योजनाअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस इट्सबाट अनलाइन अर्डर गरी सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउट या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा प्रभु क्याप १० उल्लेख गर्नुपर्नेछ ।
यसैगरी क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को विशेष अफरअन्तर्गत रोड हाउस पिजा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले दुई लाख १५ हजारमाथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।