काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) बीच चार अर्बको १० वर्ष अवधि भएको ‘१०.७५ प्रतिशत एसबीएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको कुल ४० लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।
बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा निष्काशन गरिएको ४० लाख थान ऋणपत्र वितरण भई धितोपत्र विनियमावली, २०७५ बमोजिम यही साउन ३१ गते नेप्सेमा सूचीकृत भएको बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका थिए । उपरोक्तअनुसार सूचीकृत भएको ‘१०.७५ प्रतिशत एसबीएल डिबेन्चर (ऋणपत्र) २०८९’ को नेप्सेमा दोस्रो बजार कारोबार मिति २०७९ भाद्र एक गतेबाट सुरु भएको छ ।