काठमाडौं । आईएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ । पाराकिटो एक फ्रान्सेली लामखुट्टे भगाउने ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र किर्नाबाट जोगाउँछ ।
पाराकिटोले छालामा कुनै पनि सम्पर्कविना, उत्पादनहरु एक वैकल्पिक, पूर्ण सुरक्षित सुरक्षा समाधानको प्रतिनिधित्व गर्दछ, विशेष गरी बच्चाहरु, गर्भवती महिलाहरु र संवेदनशील छाला भएकाहरुलाई यो अनुकूल रहेको कम्पनीको दाबी छ । पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरणमैत्री, बिरुवामा आधारित र मदिरारहित पनि हो । यी सबैले पाराकिटोलाई बाहिर खेल्ने र रमाइलो गर्ने बच्चाहरूका लागि र पैदल यात्रा, साइकल चलाउने, साहसिक खेलकुद, आउटडोर पार्टीहरू र पारिवारिक पिकनिकमा लागेका मानिसहरूका लागि स्वाभाविक रूपमा उत्तम समाधान बनाउँछ । पाराकिटो आईएमएस लिटल स्माइल्स शोरुमहरूमा पाइने कम्पनीले जनाएको छ । पाराकिटो स्मार्टडोको अनलाइनमार्फत पनि उपलब्ध छ ।