काठमाडौं । गणपति वनस्पति प्रालिले उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको तीजदेखि छठपर्वसम्मको लागि चाडपर्वको वहार हरेक हप्ता आकर्षक उपहार योजना ल्याएको हो ।
कम्पनीका अनुसार यो योजनामा फेसबुकमार्फत प्रतिस्पर्धा हुनेछ । यस योजनामा जोसुकैले पनि भाग लिनसक्ने तथा हरेक हप्ता दुई विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । यसअन्तर्गत प्रत्येक बिहीबार विजेताको घोषणा फेसबुकमार्फत हुने र प्रत्येक शुक्रबार पुरस्कार वितरण गरिनेछ ।
लक्की ड्रमार्फत विजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफ्लावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ । गणपति वनस्पति प्रालिद्वारा उत्पादित रामदेव तोरीको तेल, सूर्यमुखी तेल र भटमासको तेल काठमाडौं र पोखरामा विभिन्न मार्ट तथा पसलहरुबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।