काठमाडौं । एक करोडभन्दा बढीको लगानीमा घर निर्माणका लागि आवश्यक सामग्रीहरुको व्यावसायिक समूहहरुद्वारा क्याफे दि नाइट वर्ड नामक रेष्टुरेन्ट काठमाडौंको वसुन्धरामा सञ्चालनमा आएको छ । व्यावसायिक युवाहरुको समूहले उक्त रेष्टुरेन्ट शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।
समाजसेवी तथा व्यवसायी ध्रुव पौडेलले रिबन काटी रेष्टुरेन्टको उद्घाटन गरेका थिए । सञ्चालक टुक थापाले यो रेष्टुरेन्टलाई नेपालकै नमूना रेष्टुरेन्ट बनाउने दाबी गरे । उनका अनुसार २/३ वर्षभित्र चेन सिस्टममा आधारित रहेर उपत्यकाका विभिन्न ठाउँहरुसहित देशका अन्य भागहरुमा समेत सेवा पु-याउने योजना छ । रेष्टुरेन्टका प्रबन्धनिर्देशक राजेन्द्र सुुवेदीले सकेसम्म अर्गानिक परिकारहरु सेवाग्राहीलाई खुवाउने बताए । यो रेष्टुरेन्टले हाल २० जना कर्मचारीलाई रोजगारी दिएको छ । रेष्टुरेन्टमा मुख्य सेफ मुम्बईको प्रख्यात होटल ओवराहमा लामो अनुभव लिएका लक्ष्मण भट्टराई छन् । यहाँ इण्डोनेसियन, थाइ, मलेसियन र नेपाली स्वादमा रहेका विभिन्न परिकारहरु आवश्यकताअनुसार पाइन्छ ।