काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७८/०७९ मा ६८ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई करोड सात लाख रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १४ करोड ५३ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ करोड ७३ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ७५ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ लाख ५७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव शून्य छ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ११ करोड ९० लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ करोड १४ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ५३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० लाख ६३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत रहेको थियो ।