काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार बजार परिसुचक सात दशमलव ७२ अंकले ओरालो लागेर दुई हजार ६० दशमलव ५५ बिन्दुमा झरेको छ ।
यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४९ अंकले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् ।
जसबाट ४३ हजार चार सय ५५ पटकको कारोबारमा ५३ लाख ३९ हजार चार कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।