काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेसनल कन्सल्टेन्सिज अर्गनाइजेसन नेपाल (फेकन) बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात् फेकनमा आबद्ध कन्सल्टेन्सीहरूलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवा सरल र सहजरूपमा उपलब्ध गराउनेछ ।
बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघ तथा संघमा आबद्ध कन्सल्टेन्सीहरूलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्नेछ । साथै उक्त सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फेकनसँग आबद्ध कन्सल्टेन्सीहरूबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, नौवटा एक्सटेन्सन काउन्टर, एक सय ६७ शाखारहित बैंकिङ सेवा तथा दुई सय सात वटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।