काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले २४ जना सहसचिवको सरुवा गरेका छन् । मन्त्रीस्तरीय निर्णयबाट यही भदौ ५ गते आइतबार उनीहरुको सरुवा भएको मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयका अनुसार अण प्रसाद न्यौपानेलाई प्रदेश प्रमुखको कार्यालय गण्डकी पठाइएको छ । त्यस्तै, झंक प्रसाद आचार्य, कृष्ण प्रसाद ज्ञवाली, केशव प्रसाद बिमलीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत, विदुर प्रसाद खनाललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत र नारायण प्रसाद सापकोटालाई भरतपुर महानगरपालिका सरुवा गरिएको छ । मन्त्रालयका अनुसार ध्रुबराज पण्डितलाई लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राम बन्धु सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, ज्ञान प्रसाद ढकाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, ईश्वर कुमार गिरीलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । त्यस्तै, ओम बहादुर खड्कालाई बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । सन्तोष कैनीलाई गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामकुमार श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उधव बहादुर घिमिरेलाई गण्डकी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, वेद कुमार ढकाललाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । मन्त्रालयका अनुसार संघको वन तथा वातावरण मन्त्रालयमा दिवेशमणि त्रिपाठीलाई पठाईएको छ । सहदेव प्रसाद हुमागाईँलाई गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, डा. हरि बहादुर केसी र काली प्रसाद पराजुलीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृष्ण प्रसाद धिताललाई प्रदेश नम्बर १ को पर्यटन तथा संस्कृति मन्त्रालय, यमलाल भुसाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिवराम न्यौपानेलाई युवा तथा खेलकुल मन्त्रालयमा र राम शरण सापकोटालाई मधेस प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ ।