काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । कम्पनीका अनुसार यही भदौ एक गते प्रभु क्यापिटल तथा ट्र्याङकुलिटी स्पामाका बीचमा छुटसम्बन्धी सम्झौता भएको हो । यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्र्याङकुलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी सोमा रजिस्टर भई आफ्नो डिम्याट खाता लिंक÷कनेक्ट गर्नुपर्छ । हितग्राहीले चेक आउट, बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनुपर्नेछ । ट्र्याङकुलिटी स्पाको रजिस्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरूबाट प्राप्त गर्न सकिनेछ ।
यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ । नेपाली पुँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दछ ।