काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरूलाई १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौतापश्चात् ग्राहकहरूले द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ट १२ प्रतिशत छुट पाउनेछन् ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
बैंकले हाल एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।