बेइजिङ । चीनको चर्चित सहर सांघाईमा दुई रात बत्ती नबन्ने भएको छ । प्रसिद्ध पर्यटकीय गन्तव्यमा ऊर्जाको संकट देखिएको हो । सिचुवान प्रान्तमा रहेका मुख्य ठूला उत्पादकहरुले बीबीसीसँग भनेका छन्– यहाँ ऊर्जाको बढ्दो संकट छ ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले अहिले हिटवेभका कारण मुख्य समस्या झेलिरहेको छ । आइतबार सार्वजनिक एक सूचनाअनुसार सांघाई ल्यान्डस्केपिङ एन्ड सिटी अपिएरेन्स एडमिनिस्ट्रेटिभ ब्युरोले सोमबार र मंगलबारसम्म बत्ती नबलने जनाएको छ ।
‘हामी यसका लागि गहिरो क्षमा प्रकट गर्छौँ’, उसले सूचनामा भनेको छ । गत हप्तामात्रै चीनले यसबारे सचेत गराएको थियो । खासगरी यांग्से डेल्टा क्षेत्र र सिचुवानमा असाध्यै तातो मौसम चलिरहेको छ । सिचुवानमा त ४० डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको वक्तव्यमा उल्लेख छ ।
उक्त प्रान्तले पावर सेभिङका नियमहरु पाँचदेखि छ दिनसम्म लम्ब्याएको छ । यो औद्योगिक क्षेत्रलाई प्रभावित नहोस् भन्ने उद्देश्यले गरिएको हो । चेंग्दुमा आफ्नो कार उत्पादन गरिरहेको फक्सवागेनले अहिले पनि आफ्नो कारखाना बन्द रहेको उल्लेख गरेको छ । उसले यस अवस्थाबारे जानकार रहेको जनाउँदै विक्रेताहरुलाई जानकारी दिइरहेको उल्लेख गरेको छ ।
जापानी कार निर्माता टोयोटाले पनि सिचुवानमा भर्खरै युटिलाइजिङ इन–हाउस पावर जेनेरेसन प्रयोग गरी उत्पादन गर्न सुरु गर्ने जनाएको छ ।