काठमाण्डौं,फागुन १४
नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनि पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो । उक्त योजनाअन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिन मौका पाएका थिए । सोही स्किमको विजेताहरुको मंगलबार नाम घोषणा गरिएको छ ।
लक्की ड्र द्वारा १० जना भाग्यशाली विजेताहरुले मलेसिया भ्रमण गर्ने मौका र साथै ५ जना ले १० ग्राम सुनको सिक्का पाएका छन् । उक्त समारोहमा पायोनियर मोटो कर्पका अधिकारीहरुले बिजेताहरुलाई बधाई दिनुका साथै सबै सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स(ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ भने चाँडै नै निसान को नया इलेकट्रिक गाडी लीफ पनि नेपालमा भित्र्याउने तयारी गरिरहेको छ ।