काठमाडौं । हेयर एण्ड शान्ति युनिसेक्स सलुनको शाखा हेटौंडामा पनि सञ्चालनमा आएको छ । नेपालमा काठमाडौंको कमलादीबाट सुरु भएको हेयर एण्ड शान्ति अहिले दरबारमार्ग, ठमेल, जावलाखेल, नारायणघाट,नयाँ बानेश्वरमा हुँदै हेटौंडासम्म विस्तार भएको हो ।
नयाँ शाखाको रुपमा हेटौंडाको भाटभटेनी सुपर मार्केटको दोस्रो तल्लामा सोमबारबाट सुरू भएको छ । सबै वर्गका ग्राहकलाई लक्षित गरेर हेयर एण्ड शान्तिले नेपालमा नवौँ शाखा विस्तार गरेको हो । स्थापनाको पाँच वर्षको अवधिमा ग्राहकमाझ लोकप्रिय बन्दै यसले हेटौंडामा नवौँ शाखा विस्तार गर्न सफल भएको छ ।
‘गुणस्तरीय सौन्दर्य प्रसाधन र उपकरण, छरितो सेवा, पोख्त जनशक्ति लगायतका कारण हेयर एण्ड शान्तिले ग्राहकको मन जितेको ‘हेयर एन्ड शान्ति’का सञ्चालक एवं हेयर स्टाइलिस्ट अनुजा श्रेष्ठ बताउँछिन् ।