काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरूलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरूको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटहरूको योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत भाद्र महिना भरी लकर शुल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुट हुनेछ ।
यस्ता छुटहरूको सुविधा ग्राहकहरूले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरूबाट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधाबापत ग्राहकहरूले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाणपत्रहरू जस्तै राहदानी र अन्य मूल्यवान् वस्तुहरू सहज र सुपत शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् । यसका साथै ग्राहकहरूको सहजताका लागि बैंकले निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवाहरू धेरै पहिलेदेखि नै प्रदान गर्दै आइरहेको छ ।
आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई–केवाईसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ । साथसाथै यस बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।
जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहज रूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।