काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रालि र नाइस टेलिभिजनबीच सहकार्यको लागि सम्झौता भएको छ । टेलिभिजनमार्फत व्यावसायिक प्रवर्द्धनका लागि नेपालमै नौलोखालको सम्झौता भएको हो ।
सम्झौताअनुसार डीजी पेको व्यावसायिक आबद्ध योजनाअनुरुप कम्पनीसँग आबद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख ५० हजार मूल्यबराबरको विज्ञापन तीन महिनासम्म निःशुल्क गर्न पाउने भएका छन् । साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा नाइस टेलिभिजन एचडीका अध्यक्ष आशीर्वाद पुनः र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालकै दोस्रो एचडी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौता गर्न पाउँदा निकै खुसी लागेको डिजी पेका पाण्डेले बताए ।
नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नाइस टेलिभिजन एचडीको सामाजिक उत्तरदायित्व योजनाअन्तर्गत डिजी पेसँग आबद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचारप्रसार, बजार विस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट विज्ञापनमार्फत जनमानसमा पु-याएर लाभ लिनसक्ने बताए । ‘अब यो सहकार्यअनुसार ठूूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा प्रतिमहिना ५० हजारका दरले तीन महिनाको लागि निःशुल्क गर्न पाउनेछन्’, उनले भने । यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरिसकेको छ ।