काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित उक्त संस्थाको प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ रहेको तीन लाख १० हजार कित्ता साधारण सेयरमध्ये कर्मचारी तथा सामूहिक लगानीकोषलाई वितरणपश्चात् बाँकी भएको तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर बाँडफाँट भएको छ ।
संस्थाको २०७९ साउन २४ गते देखि २०७९ साउन २९ गतेसम्म सर्वसाधारणहरूको लागि निष्काशन तथा बिक्री खुला गरिएकोमा १८ लाख ६५ हजार नौ सय २६ दरखास्तबाट कुल दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता सेयरको लागि आवेदन परेको थियो ।
उक्त निष्काशनमा आवेदन दिने १८ लाख ६५ हजार नौ सय २६ जना आवेदकहरूमध्ये रीत नपुगेका १२ हजार ८६ जना आवेदकहरूलाई बाँडफाँटमा समावेश नगरी बाँकी १८ लाख ६४ हजार छ सय ४० जना आवेदकहरूलाई एउटै समूहमा राखी ३० हजार नौ सय २९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट तीन लाख नौ हजार दुई सय ९० कित्ता बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता सेयरको लागि बाँडफाँटमा परेका आवेदकहरूमध्येबाट थप पाँच जना सफल आवेदक छनोट गरी प्रतिव्यक्ति एक कित्ताका दरले पाँच कित्ता समेत गरी जम्मा कुल तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर बाँडफाँट गरिएको संस्थाले जानकारी दिएको छ ।
संस्थाका अनुसार नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा सेयर बाँडफाँट कार्य सम्पन्न गरिएको हो ।