काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ८६ अंकले उकालो लागेको बजार परिसुचक साताको पाँचौं कारोबार दिन आज बिहिबार भने १८ दशमलव २९ अंकले ओरालो लागेर दुई हजार ३९ दशमलव ५५ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७८ अंकले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३२ हजार नौं सय ४४ पटकको कारोबारमा ४२ लाख ३४ हजार एक सय १७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ट लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।