काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २५ अर्ब रुपैयाँको ट्रेजरी बिल्स बोलकबोलमार्फत सोझै खरिद गरेको छ । राष्ट्र बैंकका उक्त ट्रेजरीको बोलकबोल मिति भदौ ९ गते अर्थात् बिहीबार ३ बजेसम्म तोकिएको थियो । ट्रेजरी बिल्सको खरिद मिति भने भदौ १० गते तोकिएको छ ।
ट्रेजरी बिल्सको लागि काउन्टरपार्टीले बिक्रीगर्न चाहेको तोकिएको भुक्तानी मिति भएको नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नुपर्नेछ । काउन्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाण पाँच करोड वापाँचकरोडले भागलाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
तर एउटा सिरिजको ट्रेजरी बिल्सको लागि भने एउटै मात्र बोलकबोल पेस गर्नुपर्नेछ ।