काठमाडौं । रेफ्रिजेरेटर ब्रान्ड गोदरेजले यो दशैं तिहारलाई लक्षित गरी गोदरेजको ‘क्यास सरप्राइज’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले गोदरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यो योजनाको लाभ बिहीबारदेखि सीमित अवधिका लागि नेपालभर उठाउनसक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले हरेक गोदरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मका अधिकतम छुट र आकर्षक उपहारहरु पाउन सकिनेछ । फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै छ किलो सर्फ एक्सेल म्याटिक वासिङ पाउडर र टप लोड वासिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै तीन किलो सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पनि पाउन सकिनेछ भने सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा दुई किलो सर्फ एक्सेल म्याटिक वासिङ पाउडर पाउनुका साथै माईक्रोवेभ ओवनमा आकर्षक छुट पाउन सकिनेछ ।
त्यस्तैगरी रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रीजर, एसी र भाइरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ । साथै एसीमा आकर्षक छुट र चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।